बदलिँदो विश्व परिवेशमा नेपाल-भारत सम्बन्ध « Khabarhub

बदलिँदो विश्व परिवेशमा नेपाल-भारत सम्बन्ध


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाइरहेको छ । यस सन्दर्भमा नेपालजस्ता छिमेकी मुलुकलाई पनि भारतले प्राथमिकतामा राखेको छ । दुई मुलुकको सहकार्यमा रेलमार्ग एवम् पारवहन सञ्जाल निर्माण र बुद्ध सर्किटजस्ता परियोजना पनि अघि बढिरहेका छन् ।

दुई मुलुकबीचको सम्बन्ध साझा इतिहास, धर्म, सँस्कृति एवम् सभ्यतामा आधारित रहेको छ । दुई मुलुकबीचको सम्बन्ध पनि अन्य मुलुकबीच कायम सम्बन्धको तुलना निकै विशेष मानिन्छ ।

सन् १९५१ मा चीनले तिब्बतमाथि आक्रमण गरी आफ्नो मुलुकमा विलय गराएको विषयलाई भारतले सुरक्षा चिन्ताको रुपमा हेर्दै आएको छ भने यसले भारतका लागि नेपालको महत्वलाई अझ बढाएको छ । चीनका कम्युनिष्ट नेता माओत्सेतुङले १९३९ मा तिब्बतलाई चीनको दाहिने हातको रुपमा चित्रित गर्दै लद्दाख, नेपाल, सिक्किम, भुटान र अरुणाचल प्रदेशलाई पाँचवटा औँलाको रुपमा व्याख्या गरेका थिए । यसबाट चीनको नियत प्रष्ट हुन्छ ।

नेपाल र भारतबीच सन् १०५० मा शान्ति एवम् मैत्रि सन्धीमा हस्तक्षर भएको थियो । यस सन्धीमा दुबै मुलुकको फाइदाका लागि विभिन्न व्यवस्था गरिएको छ । खुला सीमानाका कारण नेपाल र भारतबीच आवत जावत स्वस्फुर्त हुने गरेको छ भने यसबाट एक मुलुकका नागरिकलाई अर्को मुलुकमा शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीजस्ता अवसरको सिर्जना पनि हुँदै आएको छ ।

एउटा अनुमान अनुसार भारतमा ३० लाख नेपालीको बसोबास रहेको छ । त्यसैगरी १३ हजारभन्दा धेरै नेपाली विद्यार्थी पनि भारतमा अध्ययनरत छन् । उत्तरी छिमेकीको तुलनामा भारतमा नेपाली विद्यार्थीका लागि अध्ययन गर्न सहज मानिन्छ । उदाहरणका लागि महामारीको अन्त्य भएपनि सन् २०२२ मा चीनले कोरोनाको कारण देखाउँदै सयौँ नेपाली विद्यार्थीलाई आफ्नो मुलुकमा आउन दिएको थिएन ।

यसबाहेक दुई मुलुकबीच एक मुलुकका सेनाध्यक्षलाई अर्को मुलुकले सम्मानार्थ ‘जर्नेल’ को उपाधि पनि दिने परम्परा रहीआएको छ । हाल भारतीय सेनामा ३० हजार नेपाली गोर्खा सैनिकहरु कार्यरत छन् । फलस्वरुप नेपालमा १ लाख ४० हजार जनाले भारतीय सेनाको पेन्सन थाप्दै आएका छन् ।

पछिल्लो समय केही शक्तिहरुले नेपाल र भारतबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्न खोजेपन नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त मजबुत छ भने आगामी वर्षहरुमा यो अझै बढ्दै जानेमा कुनै शंका छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ३२ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा