बदलिँदो विश्व परिवेशमा नेपाल-भारत सम्बन्ध « Khabarhub

बदलिँदो विश्व परिवेशमा नेपाल-भारत सम्बन्ध


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले स्वतन्त्रताको ७५ औँ वर्षगाँठ मनाइरहेको छ । यस सन्दर्भमा नेपालजस्ता छिमेकी मुलुकलाई पनि भारतले प्राथमिकतामा राखेको छ । दुई मुलुकको सहकार्यमा रेलमार्ग एवम् पारवहन सञ्जाल निर्माण र बुद्ध सर्किटजस्ता परियोजना पनि अघि बढिरहेका छन् ।

दुई मुलुकबीचको सम्बन्ध साझा इतिहास, धर्म, सँस्कृति एवम् सभ्यतामा आधारित रहेको छ । दुई मुलुकबीचको सम्बन्ध पनि अन्य मुलुकबीच कायम सम्बन्धको तुलना निकै विशेष मानिन्छ ।

सन् १९५१ मा चीनले तिब्बतमाथि आक्रमण गरी आफ्नो मुलुकमा विलय गराएको विषयलाई भारतले सुरक्षा चिन्ताको रुपमा हेर्दै आएको छ भने यसले भारतका लागि नेपालको महत्वलाई अझ बढाएको छ । चीनका कम्युनिष्ट नेता माओत्सेतुङले १९३९ मा तिब्बतलाई चीनको दाहिने हातको रुपमा चित्रित गर्दै लद्दाख, नेपाल, सिक्किम, भुटान र अरुणाचल प्रदेशलाई पाँचवटा औँलाको रुपमा व्याख्या गरेका थिए । यसबाट चीनको नियत प्रष्ट हुन्छ ।

नेपाल र भारतबीच सन् १०५० मा शान्ति एवम् मैत्रि सन्धीमा हस्तक्षर भएको थियो । यस सन्धीमा दुबै मुलुकको फाइदाका लागि विभिन्न व्यवस्था गरिएको छ । खुला सीमानाका कारण नेपाल र भारतबीच आवत जावत स्वस्फुर्त हुने गरेको छ भने यसबाट एक मुलुकका नागरिकलाई अर्को मुलुकमा शिक्षा, गुणस्तरीय स्वास्थ्य, रोजगारीजस्ता अवसरको सिर्जना पनि हुँदै आएको छ ।

एउटा अनुमान अनुसार भारतमा ३० लाख नेपालीको बसोबास रहेको छ । त्यसैगरी १३ हजारभन्दा धेरै नेपाली विद्यार्थी पनि भारतमा अध्ययनरत छन् । उत्तरी छिमेकीको तुलनामा भारतमा नेपाली विद्यार्थीका लागि अध्ययन गर्न सहज मानिन्छ । उदाहरणका लागि महामारीको अन्त्य भएपनि सन् २०२२ मा चीनले कोरोनाको कारण देखाउँदै सयौँ नेपाली विद्यार्थीलाई आफ्नो मुलुकमा आउन दिएको थिएन ।

यसबाहेक दुई मुलुकबीच एक मुलुकका सेनाध्यक्षलाई अर्को मुलुकले सम्मानार्थ ‘जर्नेल’ को उपाधि पनि दिने परम्परा रहीआएको छ । हाल भारतीय सेनामा ३० हजार नेपाली गोर्खा सैनिकहरु कार्यरत छन् । फलस्वरुप नेपालमा १ लाख ४० हजार जनाले भारतीय सेनाको पेन्सन थाप्दै आएका छन् ।

पछिल्लो समय केही शक्तिहरुले नेपाल र भारतबीचको सम्बन्धमा नकारात्मक प्रभाव पार्न खोजेपन नेपाल र भारतबीचको सम्बन्ध अत्यन्त मजबुत छ भने आगामी वर्षहरुमा यो अझै बढ्दै जानेमा कुनै शंका छैन ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ३२ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा