आज राति मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना « Khabarhub

आज राति मेघगर्जन र चट्याङगसहित वर्षाको सम्भावना


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।

रातिको समयमा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ ।

भोलि आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफ रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ ।

आज काठमाडौँको अतिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रह्यो । पछिल्लो २४ घन्टामा धरानमा १६ दशमलव सात, ताप्लेजुङमा १५ र धनकुटामा ११ मिलीमिटर वर्षा मापन गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ८ : ४४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा