दुई किलो चरेससहित चार जना पक्राउ « Khabarhub

दुई किलो चरेससहित चार जना पक्राउ


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : २९ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा