म्याग्दीको दुई सामुदायिक वनमा डढेलो : ३० हेक्टर वन क्षेत्रमा क्षति « Khabarhub

म्याग्दीको दुई सामुदायिक वनमा डढेलो : ३० हेक्टर वन क्षेत्रमा क्षति


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिका–१ रत्नेचौरको अर्जम र बेनपा–२ ज्यामरुककोटको रानीवन सामुदायिक वनमा आज सल्किएको डढेलो साँझसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । डढेलोले दुईवटै सामुदायिक वनको गरी करिब ३० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको स्थानीय पदम खड्काले जानकारी दिए । वैशाख महिना सुरु भएयता जिल्लाका विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले जिल्लामा एक सयभन्दा बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ ।

गत आइतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा भएको भीषण आगलागी सोमबार साँझ नियन्त्रणमा आएको थियो । त्यसैगरी अघिल्लो शुक्रबारदेखि बेनी नगरपालिका–२ ज्यामरुककोटको सल्लेरी सामुदायिक वनमा र अर्थुङ्गे सामुदायिक वनमा भएको आगलागी नियन्त्रणमा आएको जिल्ला वन डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

आज रत्नेचौरको अर्जम सामुदायिक वन र ज्यामरुककोटको रानीवन सामुदायिक वनमा भीषण आगलागी भएको छ । आगलागी बस्तीमा पस्ने त्रासमा गाउँले नियन्त्रणमा जुटेका छन् । सामुदायिक वनबाट सुरु भएको आगो फैलिँदै गएको बेनी नगरपालिका–२ का वडासचिव राजाराम शर्मा सापकोटाले जानकारी दिए ।

“अहिलेसम्म दुवै सामुदायिक वनको कम्तीमा ३० हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनाएको छ, बस्तीमा पुग्न नदिन गाउँले नियन्त्रणमा जुटेका छन्”, स्थानीय पदम खड्काले भने । यता डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले आगलागी क्षेत्रमा कर्मचारी र स्थानीयवासी आगो नियन्त्रणमा लिन जुटेका जानकारी दिए ।

आगो कसले र किन लगाएको भन्नेबारे पनि नखुलेको स्थानीयको भनाइ छ । गाउँलेले बस्तीमा आगो पस्ने त्रासले बस्ती आसपासका क्षेत्रमा अग्निरेखा बनाउन जुटेका छन् । उक्त सामुदायिक वनमा बाँदर, खरायो, मृगलगायतका जनावर र चराचुरुङ्गीको बासस्थान थियो । सुकेका रुखका मुढाका कारण आगो लामो समय रहिरहेको छ ।

यसैबीच यसवर्ष जिल्लाभर एक सय बढी हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । डढेलोका कारण सदरमुकाम बेनी आपासका क्षेत्रमा वायु प्रदूषण बढेको छ । कति क्षेत्रफलमा आगलागी भयो र त्यसले कति क्षति भयो भन्ने विवरण सङ्कलनको काम चलिरहेको भन्दै उनले बुधबारसम्ममा सबै यकिन हुने जानकारी दिए । आगलागीमा संलग्न जो–कोहीलाई पनि वन ऐन, २०७६ अनुसार कारबाही गरिने पनि रानाभाटले बताए ।

गत वर्ष तीन सय ४१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफल छ । त्यसमा ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ झाडी, २१ दशमलव २७ प्रतिशत चरन क्षेत्रले ओगटेको छ । ढोरपाटन सिकार आरक्षले एक हजार दुई सय ६० हेक्टर, एक्यापले तीन हजार सात सय ५३ हेक्टर वनक्षेत्र ओगटेको छ ।

वन कार्यालयले व्यवस्थापन गर्ने ७९ हजार चार सय ३९ हेक्टर वनमध्ये २४ हजार दुई सय दुई हेक्टर वन छन् । जसमा तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत व्यवस्थापन हुँदै आएको छ । यी वन क्षेत्र हिउँदमा डढेलो र वर्षामा भूस्खलनका साथै सडक विस्तारको बहानामा फडानीको सिकार बन्दै आएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ९ : ३४ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा