पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति « Khabarhub

पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ ।

प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो । पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पाँच सयभन्दा धेरै आभियन्ताको उपस्थिति भएको अभियानका सदस्यसचिव डा सुरेश सुरस श्रेष्ठले बताउनुभयो । सफाइ अभियानमा पर्यटनमन्त्री सुदन किराती र पर्यटनराज्यमन्त्री सुशीला सिर्पाली ठकुरी हरेक शनिबार पशुपति सफाइकार्यमा सहभागी हुँदै आएका छन् ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयलाई पशुपति क्षेत्र सरसफाइ अभियानको समय बनाइएको छ । पर्यटनमन्त्री किरातीको अध्यक्षतामा पशुपति क्षेत्र सरसफाइ अभियान बनाइएको हो । अभियानमा मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुख, मन्त्रालयका शाखा, महाशाखाका सहसचिव, स्थानीय सामाजिक सङ्घसंस्थाका सदस्य एवं प्रतिनिधि छन् ।

पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण समिति सदस्य, कर्मचारी, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालगायत गरी प्रत्येक शनिबार सर्यौ अभियन्ताको उपस्थिति रहने गरेको डा श्रेष्ठले बताउनुभयो ।

पशुपति विकास कोषका सदस्यसचिव डा मिलन थापाका अनुसार पशुपति क्षेत्र सरसफाइ अभियानको आज सातौँ हप्तासम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुँदै घाटपारिको राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ३६ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि