पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति « Khabarhub

पशुपति क्षेत्र सफाइ अभियानमा उत्साहजनक उपस्थिति


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरु गरेको तीनमहिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक उपस्थिति देखिएको छ ।

प्रत्येक शनिबार बिहानको समयमा गरिने सरसफाइ अभियान गत फागुन २८ गतेदेखि सुरु गरिएको थियो । पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा आज पाँच सयभन्दा धेरै आभियन्ताको उपस्थिति भएको अभियानका सदस्यसचिव डा सुरेश सुरस श्रेष्ठले बताउनुभयो । सफाइ अभियानमा पर्यटनमन्त्री सुदन किराती र पर्यटनराज्यमन्त्री सुशीला सिर्पाली ठकुरी हरेक शनिबार पशुपति सफाइकार्यमा सहभागी हुँदै आएका छन् ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्मको समयलाई पशुपति क्षेत्र सरसफाइ अभियानको समय बनाइएको छ । पर्यटनमन्त्री किरातीको अध्यक्षतामा पशुपति क्षेत्र सरसफाइ अभियान बनाइएको हो । अभियानमा मन्त्रालयअन्तर्गतका सबै विभागका प्रमुख, मन्त्रालयका शाखा, महाशाखाका सहसचिव, स्थानीय सामाजिक सङ्घसंस्थाका सदस्य एवं प्रतिनिधि छन् ।

पशुपति क्षेत्र सरसफाइ अभियानका क्रममा पशुपति क्षेत्र विकास कोषका सम्पूर्ण समिति सदस्य, कर्मचारी, नेपाल पर्यटन बोर्ड, नेपाल वायु सेवा निगम, पुरातत्व विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति विकास क्षेत्रको सेरोफेरोमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थालगायत गरी प्रत्येक शनिबार सर्यौ अभियन्ताको उपस्थिति रहने गरेको डा श्रेष्ठले बताउनुभयो ।

पशुपति विकास कोषका सदस्यसचिव डा मिलन थापाका अनुसार पशुपति क्षेत्र सरसफाइ अभियानको आज सातौँ हप्तासम्म पशुपतिको मृगस्थली, गुहेश्वरी, गौरीघाट, समाधिघाट, कैलाशपर्वत हुँदै घाटपारिको राम मन्दिर क्षेत्रमा सरसफाइ गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ३६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा