लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक « Khabarhub

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ ।

एक सय दिनको उपलब्धी सार्वजनिक गर्दै प्रदेश सरकारले यस अवधिमा प्रदेश संरचनालाई संथागत गर्न र जनतालाई प्रदेश सरकारका तर्फबाट उपलब्ध गराउने सेवामा उल्लेख्य उपलब्धि हासिल गरेको जनाइएको छ ।

प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आज पत्रकार सम्मेलनमार्फत प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको आकाङ्क्षा पूरा गर्न प्रदेश सरकारले रणनीतिक उपलब्धिहरू हासिल गरेको जानकारी दिए।

समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उनको भनाइ छ । मन्त्री आचार्यले यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यवनकालागि महत्वपूर्ण कार्य भएको, राजधानीका संरचना निर्माण सुरु भएको र आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी १० वटा प्रशासनिक भवन निर्माणले तीव्रता पाएको जानकारी दिए ।

यसका साथै नदी सभ्यतामा आधारित मुलुककै नमूना राजधानी सहर निर्माणका लागि रु २५ अर्बको बजेट सुनिश्चितताका लागि प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।

प्रदेश राजधानीस्थलबाट कार्य प्रारम्भ गरेको सरकारले प्रदेशको विकास र समृद्धिको बाटोबाट ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य पूरा गर्न सार्थक योगदानका लागि अघि बढेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रदेशवासीको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने र समग्र विकासलाई समावेशी एवं सामाजिक न्यायमा आधारित बनाउने सङ्कल्पका साथ अघि बढेको मन्त्री आचार्यले जानकारी दिए ।

प्रदेश सरकारका उपलब्धिलाई संस्थागत विकास, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकासलगायतको शीर्षकमा सार्वजनिक गरिएको थियो । संस्थागत विकासमा प्रदेश राजधानीको निर्णय कार्यान्वयनलाई प्राथमिकतामा राखिएको छ ।

मन्त्री आचार्यले यस अवधिमा पूर्वाधार विकासतर्फ २८ किलोमिटर सडक कालोपत्र तथा ढलान गरिएको, पाँचवटा सडक पुल निर्माण भएको, ७३ वटा कल्भर्ट निर्माण भएको, एकवटा झोलुङ्गे पुल, १२ वटा सडक ट्रयाक खोलिएको जानकारी दिए। त्यस्तै यस अवधिमा २३ किलोमिटर पक्की नाला निर्माण गरिएको छ ।

कुल छवटा सिँचाइ बाँध तथा मुहान निर्माण गरिएको छ भने अन्ठाउन्न वटा पक्की नहर बनाइएको छ, ५३ वटा लिफ्ट सिँचाइ आयोजना निर्माण गरिएको छ । त्रिहत्तर किलोमिटर सिँचाइ पाइप विस्तार गरिएको छ भने १४ किलोमिटर नदी नियन्त्रण तथा तटबन्ध निर्माण गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १० : ४८ बजे

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका