वनको डढेलो बस्तीमा सर्दा ११ घर नष्ट « Khabarhub

वनको डढेलो बस्तीमा सर्दा ११ घर नष्ट


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

प्युठान – वनमा लागेको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन्।

प्युठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंगलमा लागेको डढेलो बस्तीमा पसे पछि ११ घर जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेका हुन्।

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन। यद्यपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ। सो आगलागीबाट कति क्षति भयो ? त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको छ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : २७ बजे

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी

पेपेको दुई गोलमा विश्वकप इतिहासमै पहिलो पटक आइभोरी कोस्ट अन्तिम ३२ मा

काठमाडौँ – निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले क्युरासाओलाई पराजित

तनावपूर्ण खेलमा जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित

काठमाडौँ – गोन्जालो प्लाटाको निर्णायक गोलको मद्दतले जर्मनीमाथि २-१ को

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार १२ गते शुक्रबार सन् २०२६