तरकारी र फलफूलको मुल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मुल्य आज कति?


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा तोकिएको छ।

लोकल गाँजर ६५ रुपैयाँ, तराई गोलभेडा ४० रुपैयाँ, सेतो आलु २९ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र ब्रोकाउली ७५ रुपैयाँ, लौका, तितो करेला र घिरौला प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेडा, लाम्चो भन्टा, तने बोडी र माछे खुर्सानी ३५ रुपैयाँ केजीमा किनबेच भइरहेको छ।

मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, लोकल परवर ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चमसूर, सौफ र पालूगो साग ११६ रुपैयाँ ६७ पैसामा किनबेच हुँदैछ।

यसैगरी, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो र हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, तोरी र रायोको साग ४६ रुपैयाँ ६७ पैसा, बरेला १०५ रुपैयाँ, सेलरी १४० रुपैयाँ र पुदीना १८० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : ४६ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय