स्वतन्त्र पार्टी सूर्यविनायक ६ वडा समिति गठन « Khabarhub

स्वतन्त्र पार्टी सूर्यविनायक ६ वडा समिति गठन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका वडा नं ६ समिति गठन गरिएको छ । केशव लुइँटेलको संयोजकत्वमा सोमबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक लालबहादुर श्रेष्ठ र सचिव अम्बरबहादुर कार्की रहेका छन् ।

समितिका सदस्यहरूमा जीवन घिमिरे, दीपक उप्रेती, दीपक श्रेष्ठ, यादव गौतम, राजु अवाल, रीता कार्की, मातृका पाण्डे र विशेषता बस्नेत रहेका छन् । साथै १६ सदस्यीय सल्लाहकार समिति गठन गरियो । 

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सहभागितामा वडा समिति गठन भएको हो । यसअघि नै बस्नेतको अध्यक्षतामा जिल्ला समिति गठन भएको थियो । साथै एक हप्ता अगाडि मात्रै पार्टी सूर्यविनायक नगर कमिटी गठन भएको थियो । मनोज केसीको संयोजकत्वमा पार्टीको सूर्यविनायक नगर समिति गठन भएको थियो । यसअघि चाँगुनारायण नगरपालिकामा नयन्द्र बास्तोला संयोजकत्वमा चाँगुनारायण नगर समिति गठन गरिएको थियो । 

अव चाँंडै नै मध्यपुर नगर समिति गठन गर्ने जनाइएको छ । साथै भक्तपुर नगरमा पनि समिति गठनको तयारी भइरहेको जनाइएको छ । वडास्तरमा गठन भएको यो दोश्रो वडा समिति हो । यसअघि पहिलो पटक चाँगुनारायण नगरपालिका वडा नं ५ मा वडा समिति गठन भइसकेको थियो ।

पार्टीप्रति युवाको आकर्षण पनि बढ्दो रहेको जनाइएको छ । पार्टीको सूर्यविनायक नगर समितिको सचिवमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतकी सुपुत्री आस्था बस्नेत यसअघि नै पार्टीको जिम्मेबारीमा रहेकी थिइन् । 

जुना एमालेबाट सूर्यविनायक नगरपालिकामा उपप्रमुखमा विजयी भएकी थिइन् । कांग्रेस महासमिति सदस्य विशेषता बस्नेत पनि यसअघि नै स्वतन्त्र पार्टीमा जोडिएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ४ : १७ बजे

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको