स्वतन्त्र पार्टी सूर्यविनायक ६ वडा समिति गठन « Khabarhub

स्वतन्त्र पार्टी सूर्यविनायक ६ वडा समिति गठन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगरपालिका वडा नं ६ समिति गठन गरिएको छ । केशव लुइँटेलको संयोजकत्वमा सोमबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजक लालबहादुर श्रेष्ठ र सचिव अम्बरबहादुर कार्की रहेका छन् ।

समितिका सदस्यहरूमा जीवन घिमिरे, दीपक उप्रेती, दीपक श्रेष्ठ, यादव गौतम, राजु अवाल, रीता कार्की, मातृका पाण्डे र विशेषता बस्नेत रहेका छन् । साथै १६ सदस्यीय सल्लाहकार समिति गठन गरियो । 

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष रामेश्वर बस्नेतको सहभागितामा वडा समिति गठन भएको हो । यसअघि नै बस्नेतको अध्यक्षतामा जिल्ला समिति गठन भएको थियो । साथै एक हप्ता अगाडि मात्रै पार्टी सूर्यविनायक नगर कमिटी गठन भएको थियो । मनोज केसीको संयोजकत्वमा पार्टीको सूर्यविनायक नगर समिति गठन भएको थियो । यसअघि चाँगुनारायण नगरपालिकामा नयन्द्र बास्तोला संयोजकत्वमा चाँगुनारायण नगर समिति गठन गरिएको थियो । 

अव चाँंडै नै मध्यपुर नगर समिति गठन गर्ने जनाइएको छ । साथै भक्तपुर नगरमा पनि समिति गठनको तयारी भइरहेको जनाइएको छ । वडास्तरमा गठन भएको यो दोश्रो वडा समिति हो । यसअघि पहिलो पटक चाँगुनारायण नगरपालिका वडा नं ५ मा वडा समिति गठन भइसकेको थियो ।

पार्टीप्रति युवाको आकर्षण पनि बढ्दो रहेको जनाइएको छ । पार्टीको सूर्यविनायक नगर समितिको सचिवमा भक्तपुरको सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतकी सुपुत्री आस्था बस्नेत यसअघि नै पार्टीको जिम्मेबारीमा रहेकी थिइन् । 

जुना एमालेबाट सूर्यविनायक नगरपालिकामा उपप्रमुखमा विजयी भएकी थिइन् । कांग्रेस महासमिति सदस्य विशेषता बस्नेत पनि यसअघि नै स्वतन्त्र पार्टीमा जोडिएकी थिइन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ४ : १७ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।