राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रममाथि बहस « Khabarhub

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रममाथि बहस


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकमा सत्ता पक्षका सांसद सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष भएको र प्रतिपक्षका सांसदले सामयिक नभएको दाबी गरेका छन्  । 

आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद सुमित्रा बिसीले असामान्य अवस्थामा सामान्य जस्तो गरी नीति तथा कार्यक्रम आएको बताइन्।

सांसद हरिराम चौधरीले आत्मनिर्भर हुने गरी बजेट व्यवस्था गर्न माग गरे । सांसदद्वय भगवती न्यौपाने र इन्दिरादेवी गौतमले समसामयिक अवस्थालाई सम्बोधन हुने गरी सरकारको नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरे ।

सांसद कृष्णप्रसाद पौडेलले युवा पलायनलाई रोक्ने गरी नीति तथा कार्यक्रम अनुसारको बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिए । कुल ५९ दशमलव नौ लाख हेक्टटर कृषियोग्य जमिनमध्ये १० लाख हेक्टर बाँझै रहेकाले त्यसमा खेती हुने व्यवस्था गरे आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ थियो ।

सांसद तारामान स्वाँरले अर्थतन्त्रको समस्या बुझेर समाधान गर्ने गरी नीति तथा कार्यक्रम आएको बताए । सांसद जगतबहादुर कार्कीले पर्यटन प्रवद्र्धनबाट नै नेपालको कायापलट हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । 

राष्ट्रियसभाको अर्को बैठक जेठ ९ गते मंगलबार दिउँसो १ बजे र १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ४ : २१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार