हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने  « Khabarhub

हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने 


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मनहरि– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हरेक मन्त्रालयका नीति नागरिकको स्वास्थ्य सुधार हुने खालको हुनुपर्ने बताएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सबै नीतिमा’ विषयक कार्यशाला गोष्ठीमा उनले हरेक पूर्वाधार निर्माण स्वास्थ्य क्षेत्रको सुधारका लागि लक्षित हुनुपर्ने बताए । 

मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सबै नीतिमा भन्ने अवधारणाले प्रदेशको स्वास्थ्य अवस्था सुधारमा टेवा पुग्ने  बताए । प्रदेशमा निर्माण भएका नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । नागरिकको स्वास्थ्य सुधारलाई ध्यानमा राखेर हरेक मन्त्रालयले आफ्नो योजना बनाउनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले प्रदेशमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यका सामाजिक निर्धारणलाई सम्बोधन गर्न समन्वय गर्ने, प्रदेशस्तरमा हालसम्म निर्माण भएका नीति तथा रणनीतिमा स्वास्थ्यका विषय सम्बद्ध भए नभएको बारेको विश्लेषण प्रस्तुतिकरण गर्ने र प्रदेशस्तरमा निर्माण हुने सबै नीतिमा स्वास्थ्यलाई समेट्न सम्बन्धित मन्त्रालयको प्रतिबद्धता सुनिश्चित गर्न लागिएको उल्लेख गरेका छन् । 

सो अवसरमा स्वास्थ्य क्षेत्रका विज्ञ भोगेन्द्रराज डोटेलले बागमती प्रदेशमा स्वास्थ्यसम्बन्धी विश्लेषण प्रस्तुत गरेका थिए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा डा नरविक्रम थापा, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्य, मन्त्रालयका महाशाखा प्रमुख दीपक तिवारीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ४ : ५२ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी