गयानाको विद्यालयमा आगलागी हुँदा २० जनाको मृत्यु « Khabarhub

गयानाको विद्यालयमा आगलागी हुँदा २० जनाको मृत्यु


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जर्जटाउन- दक्षिण अमेरिकी मुलुक गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” गुयनाका राष्ट्रपति इरफान अलीले भने । मध्य गुयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी अरु कैयौँ घाइते भएका छन् ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न निर्देशन दिएको बताए ।

उनले जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको बताए । विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरेकी छिन् ।

उनले भनिन्, “हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।”

करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ५ : ५२ बजे

झापामा भदौ महिनामा २५ विपद्का घटना, उन्नाइस लाख बढीको क्षति

झापा– झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी– आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन

कर्णाली करिडोर : छारेभीरको पहिरो पन्छाउन सकस

हुम्ला– कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभीरमा पहिरोसँगै ढुङ्गा