लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले लिए शपथ « Khabarhub

लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले लिए शपथ


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । सोमबार नयाँ मन्त्रीको रुपमा नेपाली कांग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका  चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्  । 

त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । 

यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रुपमा वरिष्ठ अधिवक्ता प्रा.डा बुद्ध बहादुर थापाले पद तथा गोपनियताको सपथ लिएको छन् ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ६ : २४ बजे

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।