प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी « Khabarhub

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी छ ।  

आइतबारदेखि सुरु भएको उक्त छलफलमा आज पनि सांसदहरूले आफ्ना धारणा राखेका थिए । आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षका सांसदहरूले नीति कार्यक्रम राम्रो रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् भने प्रतिपक्षका सांसदहरूले नीति तथा कार्यक्रमले अहिलेको मुलुकको समस्या समाधान गर्ने गरी कार्यक्रम नरहेको टिप्पणी गरे ।

बैठकमा नेपाली कांग्रेसका वीरबहादुर बलायरले नीति तथा कार्यक्रमले पछाडि परेका समुदाय, दलित, महिला सबैका विषय समेट्नुपर्ने र समग्रमा मुलुकको विकास र समृद्धिका लागि बजेट बनाउनुपर्ने सुझाव दिए। नेकपा (एमाले) का भीमप्रसाद आचार्यले वर्तमान समस्याको समाधान गर्ने खालको नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।  

नेकपा (एमाले) का रघुजी पन्तले देशभक्त बनाउन र स्वेदशमै रोजगारीको व्यवस्था गरेर जनतामा आशा जगाउन नीति तथा कार्यक्रम स्पष्ट नभएको टिप्पणी गरे । नेकपा (माओवादी केन्द्र) का माधव सापकोटाले नीति तथा कार्यक्रम राम्रो भएको बताउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिए । कांग्रेसका डा नारायण खड्काले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विद्युत् उत्पादनलाई बढाएर धेरै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सुझाव दिए । 

एमालेका सांसद ठाकुर गैरेले नीति तथा कार्यक्रममा सामाजिक र आर्थिक वृद्धि गर्ने खालको योजना नभएको हुँदा यसलाई समावेश गर्न माग गरे । कांग्रेसका तेजुलाल चौधरीले नीति तथा कार्यक्रममा पिछडिएको क्षेत्र, वर्ग र समुदायका लागि ठोस कार्यक्रम समावेश गर्न आग्रह गरे ।    

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल, कांग्रेसका प्रदीप पौडेल र रामहरि खतिवडा, एमालेका ईश्वरबहादुर रिजाल, माओवादी केन्द्रका छिरिङ डम्डुल लामा भोटे, एमालेका विद्या भट्टराई, कांग्रेसका राजु थापा र राजेन्द्र बजगाईं, एमालेका अम्बरबहादुर रायमाझी, कांग्रेसका प्रतिमा गौतम र कुसुमदेवी थापालगायतले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा व्यक्त गरे ।

छलफल आगामी बैठकमा पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी गराए। प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ९ गते बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ३५ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार