कमला नदीमा नियमविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै ज्ञापन « Khabarhub

कमला नदीमा नियमविपरीत नदीजन्य पदार्थ उत्खनन रोक्न माग गर्दै ज्ञापन


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चुरे संरक्षण तथा पर्यटन प्रवर्द्धन फाउण्डेसन नेपालले जिल्लाको विभिन्न स्थाबाट हुँदै आएको अवैध तथा अनियन्त्रित नदीजन्य पदार्थ उत्खननको नियमन तथा नियन्त्रण गनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ ।

नेपाल सरकारले तोकेको मामदण्डविपरीत तथा वातावरणमा प्रतिकुल प्रभाव पर्नेगरी भएको उत्खनन रोक्न माग गर्दै फाउण्डेशनका अध्यक्ष विष्णुकुमार साहको नेतृत्वसहितमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख भोजराज खतिवडामार्फत विभिन्न सरोकारबाला निकायलाई ज्ञापनपत्र बुझाएको हो ।

फाउण्डेसनले बुझाएको ज्ञापनपत्रमा जिल्लाको विभिन्न नदी तथा स्थानबाट मापदण्ड विपरित भइरहेको उत्खन्नले वातावरणिय असन्तुलन, चुरे विनास, भूक्षय तथा पानीका मुहान सुक्न थालेकाले मापदण्ड विपरितका उत्खन्न तत्काल रोक्न माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘यसअघि पनि कमला बचाउ अभियानको नाममा स्थानीय किसान, राजनीतिक दल, नागरिक समाजले उठाउँदै आएको आवाजप्रति ऐक्यवद्धता जनाउँदै उहाँहरूले उठाएकोमाँग छिटोभन्दा छिटो पुरा गर्न सरोकारबालासँग अपिल गर्दछु ।’

विशेष गरेर सिरहा धनुषाको सीमाना भएर बग्ने धार्मीक, सामाजिक तथा सांस्कृतिक महत्वको कमला नदीबाट राज्यले तयगरेको मापदण्ड विपरीत नदीजन्य पदार्थ अवैध रुपमा उत्खन्न भइरहेकोप्रति फाउण्डेसनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ७ : ५६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका