विपद् व्यवस्थापन अभ्यास ‘हातेमालो–५’ सम्पन्न « Khabarhub

विपद् व्यवस्थापन अभ्यास ‘हातेमालो–५’ सम्पन्न


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।

उक्त समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विपद्को समयमा आवश्यक प्रभावकारी समन्वय र सहकार्यका लागि यस किसिमको अभ्यासहरुको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले यस कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म सञ्चालनलाई प्राथमिकता दिने नेपाली सेनाको योजना रहेको बताए ।

उनले व्यावसायिक कर्तव्य र जिम्मेवारीका साथै समृद्धिको बाधकको रुपमा आइपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने वास्तविकताका बीच यसप्रकारको अभ्यास र अन्तरक्रियाले राज्यले अवलम्बन गरेका नीति र कार्य योजनालाई यथार्थमा परिणत गर्ने विश्वास व्यक्त गरे । उनले यसले विपद् व्यवस्थापन गर्न सक्षम राष्ट्र बनाउन मद्दत पुर्याउने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस किसिमको समन्वयात्मक सहकार्यले विपद् प्रतिकार्यमा थप योगदान पुग्ने कुरामा दुई मत नरहेको बताए । उनले जनधनको क्षतिलाई न्यूनीकरण गर्न हालको कमाण्ड तथा रेस्पोन्स प्रणालीलाई अझै चुस्तदुरुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

यसवर्ष मनसुनको समयमा हुन सक्ने बाढीपहिराको परिदृश्यमा आधारित रही सञ्चालन भएको दुई दिवसीय केन्द्रीयस्तरको अभ्यास हातेमालो–५ मा नेपाली सेनाका रथी तथा अधिकृत, विभिन्न मन्त्रालय तथा अन्य सुरक्षा निकायका प्रतिनिधि, रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : २७ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग