विपद् व्यवस्थापन अभ्यास ‘हातेमालो–५’ सम्पन्न « Khabarhub

विपद् व्यवस्थापन अभ्यास ‘हातेमालो–५’ सम्पन्न


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।

उक्त समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले विपद्को समयमा आवश्यक प्रभावकारी समन्वय र सहकार्यका लागि यस किसिमको अभ्यासहरुको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले यस कार्यक्रमलाई प्रदेश र स्थानीय तहसम्म सञ्चालनलाई प्राथमिकता दिने नेपाली सेनाको योजना रहेको बताए ।

उनले व्यावसायिक कर्तव्य र जिम्मेवारीका साथै समृद्धिको बाधकको रुपमा आइपर्ने विपद्का घटनालाई सामना गर्नुपर्ने वास्तविकताका बीच यसप्रकारको अभ्यास र अन्तरक्रियाले राज्यले अवलम्बन गरेका नीति र कार्य योजनालाई यथार्थमा परिणत गर्ने विश्वास व्यक्त गरे । उनले यसले विपद् व्यवस्थापन गर्न सक्षम राष्ट्र बनाउन मद्दत पुर्याउने पनि बताए ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस किसिमको समन्वयात्मक सहकार्यले विपद् प्रतिकार्यमा थप योगदान पुग्ने कुरामा दुई मत नरहेको बताए । उनले जनधनको क्षतिलाई न्यूनीकरण गर्न हालको कमाण्ड तथा रेस्पोन्स प्रणालीलाई अझै चुस्तदुरुस्त बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

यसवर्ष मनसुनको समयमा हुन सक्ने बाढीपहिराको परिदृश्यमा आधारित रही सञ्चालन भएको दुई दिवसीय केन्द्रीयस्तरको अभ्यास हातेमालो–५ मा नेपाली सेनाका रथी तथा अधिकृत, विभिन्न मन्त्रालय तथा अन्य सुरक्षा निकायका प्रतिनिधि, रााष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  ८ : २७ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा