राजनीतिमा युवालाई अगाडि बढाउने माधव नेपालको प्रतिवद्धता « Khabarhub

राजनीतिमा युवालाई अगाडि बढाउने माधव नेपालको प्रतिवद्धता


८ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रथम मदन आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगितामा फुटसल फाईभ समूह प्रथम भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा भएको प्रतियोगितामा रोयन एफसी समूह दोस्रो र कुर्दन एफसी समूह तेस्रो भएका छन् ।

पहिलो दोस्रो र तेस्रो समूहले क्रमशः तीन लाख, रु दुई लाख र एक लाखसहित शिल्ड, ट्रफी प्राप्त गरेको छन् । यही जेठ ३ गतेदेखि आजसम्म भएको प्रतियोगितामा ८० टिमको सहभागिता रहेको भए पनि ५८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

नेकपा (एककिृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले खेलकुदका माध्यमबाट देशको पहिचानलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न सकिने बताउँदै त्यसका लागि युवा वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा खुसी व्यक्त गरे। उनले राष्ट्रिय राजनीतिमा पनि युवालाई अगाडि बढाउने नीति आफ्नो पार्टीले अवलम्बन गरेको जानकारी दिए ।

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले देशमा छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी कम्युनिष्ट सिद्धान्तलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारी र कुशल सङ्गठनको स्मृतिमा गरिएको प्रतियोगितालाई सबै जिल्लामा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

पार्टी पोलिटब्युरो सदस्य एवं युवा सङ्घ इन्चार्ज दिलु पन्तले नेपाली राजनीतिमा देखापरेको भ्रष्टाचार, आपराधिकरणलगायत विकृति अन्त्यका लागि युवाशक्ति आदर्श र निष्ठापूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिए । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८०, सोमबार  १० : ३५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल