लम्पी स्कीनबाट पाँचसय पशुचौपाया मरे, आठ हजार सङ्क्रमित « Khabarhub

लम्पी स्कीनबाट पाँचसय पशुचौपाया मरे, आठ हजार सङ्क्रमित


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा लम्पी स्कीन रोगबाट हालसम्म पाँच सय दुई वटा पशुचौपाया मरेका छन् । यस्तै, आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । 

लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् । लम्पी स्कीनबाट दुई हजार तीन सय ४८ बाच्छाबाच्छी, दुई हजार नौ सय ६० गाई, दुई हजार दुई सय ८० गोरु र छ सय ४५ भैँसी सङ्क्रमित भएका छन् ।

लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन् । हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिए । 

लम्पी स्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन् । घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए । उनले भने, ‘घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन् । औषधि उपचार पनि छैन ।’

रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताए । जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ ।

नियन्त्रणका लागि सामान्य औषधोपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ । लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ ।

लम्पी स्कीन रोग नियन्त्रणका लागि सरकारीबाहेकका अन्य दश जनशक्ति परिचालन र खोपको व्यवस्था हुनुपर्नेमा पन्तको जोड छ ।

यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ । 

रोग नियन्त्रण गर्न किसानले भुसुना, कीरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सरसफाइ, भकारोको व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  १० : १३ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा