कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु  « Khabarhub

कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु 


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फालेको विषयमा छानविन सुरु गरिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको पाइएको भन्दै थप छानविन भइरहेको जानकारी दिए ।

 उनले टमाटर फाल्ने कार्य राजनीतिक प्रेरित हुन की भन्न आशंका आफुलाई भएको जिकिर गरे । मन्त्री भुसालले किसानबाट न्यून मूल्यमा तरकारी खरिद गर्ने र उच्च भाउमा बेच्ने प्रवृत्तिलाई अन्त्य गर्न किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्री मूल्य घटाउन कालिमाटी तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै टमाटर फाल्ने काम भएको धारणा राखे । 

उनले ७६ जिल्लामा लम्की स्किन रोगबाट महामारी फैलिएको र यसको उपचार कार्यलाई पनि तीव्रता दिएको जानकारी दिए । उपचारका अन्य विधि अपनाएर पशु चौपायालाई बचाउने काम भएको उनको भनाइ छ ।

त्यस्तै मन्त्री भुसालले बिउ खरिद, यान्त्रीकरण लगायतका विषयमा अनुदान यथावत रहेको र बाँकी अनुदानलाई उत्पादनका आधारमा वितरण गर्ने कार्ययोजना बनाइएको भन्दै विगतका भन्दा फरक ढंगले अनुदान दिने व्यवस्था गर्ने बताए । उनले किसानलाई आवश्यक मल आयातका लागि सरकारले आवश्यक पहल सुरु गरिसकेको र स्वदेशमा नै मल कारखाना खोल्नका लागि बिभिन्न कम्पनीले अध्ययन सुरु गरेको जानकारी दिए ।

समिति बैठकमा समिति सदस्यहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले आवश्यक बजारीकरणको व्यवस्था गर्नुपर्ने, विगतको जस्तो मल अभावलाई समयमा नै सम्बोधन गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । 

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ५ : १५ बजे

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

एजेन्सी– जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाको एक

सुरेश रजकको परिवार भेटेर सञ्चारमन्त्रीले भने- न्यायका लागि पहल गर्नेछु

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहिद पत्रकार सुरेश

हर्क साम्पाङले भने- निर्वाचनपछि बन्ने सरकारको नेतृत्व मैले गर्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने

एनपीएल २ : यी तीन खेलाडीले जिते बाइक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा तीन

एनपीएल–२ : विजेता टोलीका कप्तान रोहितले जिते कार

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को उत्कृष्ट