वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित « Khabarhub

वेस्ट इन्डिजसँग नेपाल एक सय एक रनले पराजित


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोटमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । बिहीबार जिम्बावेको हरारेमा भएको खेलमा नेपाल वेस्टइन्डिजसँग १०१ रनले पराजित भएको हो ।

तीन सय ४० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४९ ओभर ४ बलमा २३८ रनमा अलआउट भयो ।नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए । उनले ९३ बलमा ६३ रन बनाए । त्यस्तै गुलशन झाले ४२, कप्तान रोहित पौडेलले ३० , आशिफ शेखले २८, दीपेन्द्रसिंह ऐरीले २३ रनको योगदान गरे । भने करण केसीले २७ रनमा २८ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ५, भीम सार्कीले २, कुशल मल्लले २ रन बनाए ।

वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले ३, अलजेरी जोशेफले दुई विकेट लिए ।

त्यसअघि जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । उसका लागि कप्तान शाई होप र निकोलस पुरनले सतक प्रहार गरे ।

कप्तान होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक(एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपालले अब नेदरल्याण्ड्सविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ४४ बजे

टायर पन्चर भएर माइक्रो बस दुर्घटना: वृद्ध दम्पत्तीसहित ६ जना घाइते

कावासोती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को कावासोती

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै