हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया « Khabarhub

हुम्लाको सर्केगार्डमा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया


७ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् ।तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।

यस्तै, दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिए । “हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगार्डका आँखा बिरामीहरूले सेवा लिनुभएको छ”, उनले भने ।

सर्केगाडका ६८ वर्षीय स्थानीय बैरा फडेराले शल्यक्रियापश्चात् तीन वर्षदेखि गुमेको आँखाको ज्योति फर्किएकामा खुसी व्यक्त गरे। अर्का स्थानीय जमकला सार्की विगत दुई वर्षदेखि गुमेको आँखाको दृष्टि पुनः प्राप्त गरेपछि चिकित्सकप्रति आभार प्रकट गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठान र सर्केगार्ड गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरका लागि सेवा फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।

सर्केगार्डमा ग्रामीण आँखा उपचार केन्द्र स्थापना

प्रतिष्ठान र गाउँपालिकाको संयुक्त व्यवस्थापन एवं सेवा फाउन्डेसनको सहयोगमा साँया स्वास्थ्य चौकीमा ग्रामीण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । दुर्गममा सेवा प्रवाह गर्ने उद्देश्यअनुसार शिविर सञ्चालन र केन्द्र स्थापना गरिएको प्रतिष्ठानका कार्यकारी अधिकृत डा गुरुङले बताए ।

केन्द्रका लागि प्रतिष्ठानले एक वर्षका लागि दुईजना जनशक्तिको व्यवस्थाका साथै उपचारका लागि चाहिने उपकरणहरूको व्यवस्था गर्ने बताएको छ ।

त्यस्तै, गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले केन्द्रको स्थापनासँगै आँखाको परीक्षण र आँखा सम्बन्धित सबै खाले रोगको उपचार सहज हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार  ८ : ५८ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई