एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा चयन « Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा चयन


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए ।

शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ, उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकाशबहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिष केसी, सचिवमा विजय धामी, मनकुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला चयन भएको निर्वाचन समितिले जनाएको छ ।

युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सहसंयोजकमा छेनाम तामाङ, महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन् ।

यसैगरी, समितिको सदस्यमा सूर्यकुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लालबहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा, चित्र बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा भने हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ४५ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६