एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा चयन « Khabarhub

एनआरएनए कुवेतको अध्यक्षमा रानाध्वज लामा चयन


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतको ८औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षमा रानाध्वज लामालाई पुनः चयन गरेको छ । यसअघिको कार्यकालमा पनि लामा नै अध्यक्ष थिए ।

शुक्रबार सम्पन्न परिषद्को महाधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि लामालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ, उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकाशबहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिष केसी, सचिवमा विजय धामी, मनकुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला चयन भएको निर्वाचन समितिले जनाएको छ ।

युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सहसंयोजकमा छेनाम तामाङ, महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन् ।

यसैगरी, समितिको सदस्यमा सूर्यकुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लालबहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा, चित्र बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा भने हरि लावती चयन भएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ७ : ४५ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये