भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने « Khabarhub

भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशले भारतको सहयोगमा पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने भएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत यात्राका क्रममा यसबारे टुङ्गो लाग्ने बंगलादेशको समाचार संस्था बंगलादेश संवाद संस्था बीएसएसले जनाएको छ ।

प्रधानमन्त्री हसिनाले यही सेप्टेम्बरमा जी २० को शिखर सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गर्ने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दोस्रो मैत्री सुपर थर्मल उर्जा केन्द्र, ६५ किलोमिटर लामो खुल्ना मोङ्ला बन्दरगाह रेल लिंक र अखाउरा र अगरतादा रेल लिंकको परियोजना सुरु गरिने जनाइएको छ ।

बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयका प्रमुख प्रणय वर्माले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरी परियोजनामा सहकार्यबारे जानकारी गराएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको