भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने « Khabarhub

भारतको सहयोगमा बंगलादेशले पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशले भारतको सहयोगमा पूर्वाधारका तीन वटा परियोजना निर्माण गर्ने भएको छ । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत यात्राका क्रममा यसबारे टुङ्गो लाग्ने बंगलादेशको समाचार संस्था बंगलादेश संवाद संस्था बीएसएसले जनाएको छ ।

प्रधानमन्त्री हसिनाले यही सेप्टेम्बरमा जी २० को शिखर सम्मेलनमा सहभागी हुन भारतको भ्रमण गर्ने कार्यक्रम छ । उनको भारत भ्रमणका क्रममा दोस्रो मैत्री सुपर थर्मल उर्जा केन्द्र, ६५ किलोमिटर लामो खुल्ना मोङ्ला बन्दरगाह रेल लिंक र अखाउरा र अगरतादा रेल लिंकको परियोजना सुरु गरिने जनाइएको छ ।

बंगलादेशका लागि भारतीय उच्चायुक्तको कार्यालयका प्रमुख प्रणय वर्माले प्रधानमन्त्री हसिनासँग भेटवार्ता गरी परियोजनामा सहकार्यबारे जानकारी गराएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५६ बजे

युक्रेनमा रुसी आक्रमण : एक जनाको मृत्यु, २३ घाइते

एजेन्सी – युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि

प्रचण्डदेखि सभामुखसम्मलाई टक्कर दिने यी महिला उम्मेदवार

काठमाडौं- फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ३

सर्लाही–४ का युवासँग गगनले भने- विश्वास गर्नुस्, गुनासो गर्ने मौका दिने छैन

काठमाडौं – नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापाले

नयाँ दलमाथि ओलीको कटाक्ष : कहाँ जाँदै छु, कहाँ पुग्ने हो थाहा छैन

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक

भोलि सर्लाही-४ जाँदैछु, मनमा धेरै उत्साह छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेस सभापति गगन थापा भोलि (आइतबार) सर्लाही जाने