जनताका काममा खट्न महामन्त्री थापाको आग्रह « Khabarhub

जनताका काममा खट्न महामन्त्री थापाको आग्रह


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।

आज ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा पार्नुपर्ने बताए।

“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने, “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे ।

“स्थानीय तहको निर्वाचन घोषणापत्रमा कांग्रेसले ‘अबको यात्रा र एजेन्डा ः समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प’ अगाडि सारेको छ”, थापाले भने, “जनताको भावना र राजनीतिक शक्ति सन्तुलनअनुसार संशोधन र परिमार्जन गरी समृद्ध र प्रगतिशील दस्तावेजका रूपमा रुपान्तरण गर्न नेपाली कांग्रेस अगाडि बढ्नैपर्छ ।”

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उहाँले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे । “नेपालमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहन, देशमा पूर्वाधार निर्माण गरी उत्तरदायी शासन व्यवस्था ल्याउने प्रयत्नमा हामी छौँ”, उनले भने ।

जल, जमिन, जङ्गल, जडीबुटी र जलाधारः स्थानीय जनताको समृद्धिको आधार भन्ने मान्यतामा स्थानीय सरकारले प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत उनले आग्रह गरे।

खेतीपाती र पशुपालन तथा कृषि एवं पशुजन्य उद्योगको स्थापना एवं क्षमता विस्तारका लागि लगानी गर्न चाहने कृषक र उद्यमीका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा लगानीका लागि सुलभ ऋणको व्यवस्था तथा अनुदानका कार्यक्रमको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कृषि प्रणालीलाई व्यवस्थित गर्न भू–उपयोग योजनामार्फत कृषिमा उद्यमशीलता, आधुनिकीकरण तथा औद्योगिकीकरण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । कृषि–जैविक विविधताको महत्व भएका बाली तथा वस्तुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम सञ्चालन गर्न उहाँले स्थानीय तहलाई सुझाव दिए ।

प्रत्येक गाउँपालिकामा कृषि सामग्री, बीउ, मल, नश्ल सुधार, विषादी, औषधि आदिको सहज आपूर्तिका लागि निजी तथा सहकारी क्षेत्रको सहकार्यमा सुपथ कृषि सामग्री पसलको स्थापना तथा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४६ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २४ गते आइतबार सन् २०२६

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका