विपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय « Khabarhub

विपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले विपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले आज ४१औँ विपी स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपणपछि मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले विपीलाई व्यक्ति होइन, विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए ।

उनले विपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । “विपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरूले समेत विपीको विचारलाई मान्ने गरेका छन्, तर विपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थक तुल्याउन नसकेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेयले भने, “उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।”

अब विपीको विचार र दर्शनलाई बोकेरमात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्तालाई मुख्यमन्त्रीले आग्रह गरे । मुख्यमन्त्री पाण्डेयले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए । कालिका मन्दिर परिसरमा ४१औँ विपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षको वृक्षरोपण गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ५८ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट