विपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय | Khabarhub Khabarhub

विपीले परिकल्पना गरेको आर्थिक समृद्धिको बाटोमा लागौँ : मुख्यमन्त्री पाण्डेय


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले विपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उहाँले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्न बाँकी रहेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले आज ४१औँ विपी स्मृति दिवसका अवसरमा गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपणपछि मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले विपीलाई व्यक्ति होइन, विचार हो भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए ।

उनले विपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । “विपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरूले समेत विपीको विचारलाई मान्ने गरेका छन्, तर विपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थक तुल्याउन नसकेको अवस्था छ”, मुख्यमन्त्री पाण्डेयले भने, “उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ–आफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ ।”

अब विपीको विचार र दर्शनलाई बोकेरमात्रै नभएर व्यवहारमा उतार्न नेता तथा कार्यकर्तालाई मुख्यमन्त्रीले आग्रह गरे । मुख्यमन्त्री पाण्डेयले वृक्षरोपणसँगै कालिका मन्दिरको दर्शन गरेका थिए । कालिका मन्दिर परिसरमा ४१औँ विपी स्मृति दिवसका अवसरमा ४१ रुद्राक्षको वृक्षरोपण गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ५८ बजे

इलाम मतगणना : कांग्रेसका डम्बर खड्काको सुरुवाती अग्रता

इलाम– इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य