गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल | Khabarhub Khabarhub

गठबन्धन सरकार निरन्तर चल्छ : नेता पौडेल


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार निरन्तर चल्ने दाबी गरेका छन् । उनले सरकार ढल्ने कुनै सम्भावना नरहेको जिकिर गरे ।

प्रेस सेन्टर नेपाल बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताए ।

बागलुङ क्षेत्र नं २ का सांसदसमेत रहेका नेता पौडेलले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भए पनि त्यो सम्भव नहुने स्पष्ट पारे । उनले भने, “सरकारले दृणतापूर्वक भ्रष्टाचारविरुद्ध काम गर्दै आएको छ ।”

बागलुङको इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख फरार भएको विषयलाई आफूले गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको बताए । नेता पौडेलले भने, “बागलुङको सहकारी समस्याको विषयमा गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छु, फरार रहेका सहकारीका अध्यक्षलाई पक्राउ गर्न आवश्यक छ ।” बागलुङस्थित इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर सञ्चालक फरार भएपछि जनताको गुनासो सुन्न नेता पौडेल गृहजिल्ला आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  १० : ०१ बजे

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला