राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै « Khabarhub

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदको गतिरोध अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक बिहान ८ बजे राष्ट्रपति भवन शीतल निवासमा बोलाइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

सो विषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरी जारी संसद अवरोधको विषयमा गम्भिर चासो व्यक्त गरेका थिए । 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा हिजो भएको राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसँगै संसदको गतिरोध हट्ने सम्भावना देखिएको छ । 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ६ : ४८ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र