राप्रपा नेपालबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय | Khabarhub Khabarhub

राप्रपा नेपालबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरी पारित गरेको हो ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्न उपाध्यक्ष प्राडा विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

सो पार्टीले यसअघि संवैधानिक राजतन्त्रको एजेन्डा छाडेको थियो । तर, अब सो अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबको केन्द्रीय समितिमा ब्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्ने छन् ।

प्रवक्ता अधिकारीका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : १० बजे

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको

आदर्श नारी सीता पौराणिक तथा सांस्कृतिक विश्वासको धरोहर : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र

आज मदन-आश्रित स्मृति दिवस

काठमाडौं – बिहीबार मदन आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरेर