राप्रपा नेपालबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय « Khabarhub

राप्रपा नेपालबाट केन्द्रीय समिति बैठकका एजेन्डा तय


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गरी पारित गरेको हो ।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिवेदन पेश गर्न उपाध्यक्ष प्राडा विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । 

सो पार्टीले यसअघि संवैधानिक राजतन्त्रको एजेन्डा छाडेको थियो । तर, अब सो अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबको केन्द्रीय समितिमा ब्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्ने छन् ।

प्रवक्ता अधिकारीका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : १० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग