पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान « Khabarhub

पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू गच्छदार, जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सीआईबी स्रोतकाअनुसार गच्छदार, जोशी र साहसँग बयान लिए पनि श्रेष्ठ भने फरार रहेका छन् ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री गच्छदारले तयार गरेका थिए । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : २५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र