शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले गएन | Khabarhub Khabarhub

शीतल निवासमा सर्वदलीय बैठक जारी, एमाले गएन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ ।

एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो। बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने लगायत सहभागी छन्।

बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट गत साउन २ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदनमा लगातार अवरोध गर्दै आएको थियो। 

तर हिजो साँझ राष्ट्रिय मान्यताप्राप्त दलहरूको संयुक्त बैठकमा सुन तस्करीमाथि छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदल गठित भइसकेको छ । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ४१ बजे

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्षस्थानमा

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

तनहुँ– नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्

नोटमा चुच्चे नक्सा राख्दा टाउको दुखाइ किन ?

मन्त्रिपरिषद्को बैठकबाट सय रुपैयाँको नोटमा चुच्चे नक्सा हाल्ने निर्णय गरेपछि

सहकारी ठगीविरुद्ध तरुण दलले आज प्रदर्शन गर्ने

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको

क्यान्सरको उपचारमा प्रभावकारी बन्दै रेडिएसन थेरापी

काठमाडौं – नेपालमा नसर्ने रोगको प्रकोप बढ्दो छ। नेपालमा हुने