अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल « Khabarhub

अछाममा जङ्गली जनावरबाट किसानलाई बाली जोगाउनै मुस्किल


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा जङ्गली बँदेलको आतङ्कबाट किसानले हैरानी खेप्नुपरेको छ । मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन् । राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मङ्गलसेन नगरपालिका–६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए ।

अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका–६ लगायत विभिन्न लेकाली ठाउँमा जङ्गली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् ।

दिउँसोको समयमा बाँदर र राति बँदेल, भालुका कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ । जङ्गली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनको भनाइ छ । यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ११ : १३ बजे

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर