कर्मचारी अभावले सेवा प्रवाहमा समस्या « Khabarhub

कर्मचारी अभावले सेवा प्रवाहमा समस्या


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

अछाम– जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतको अभावमा सेवा प्रवाहमा समस्या देखिएको हो । उक्त कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी लामोसमयदेखि नभएकामा  तीन महिनादेखि प्रशासकीय अधिकृतसमेत  अभाव भएको हो । 

दुईवटा प्रशासकीय अधिकृतको दरबन्दी भएको कार्यालय जेठ १ गते प्रशासकीय अधिकृत मीनराज आचार्यको सरुवा भएपछि काजआ आएका दैलेख जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा गत जेठ २८ देखि असार ८ गतेसम्म काम गरेर फर्किएका थिए । त्यसपछि बाजुरा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेनाले गत असार १० देखि साउन १ गतेसम्म काजमा आएर काम गरी बाजुरा फर्केपछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले साउन ३ गतेदेखि काजमा  आएर काम गरिरहेका छन्। 

कार्यालयमा २२ कर्मचारीको दरबन्दीमध्ये नौ कर्मचारी रिक्त छन् । दरबन्दीअनुसार एक सहायक प्रमुख जिल्ला अधिकारी र दुई प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् । त्यस्तै पाँच नायबसुब्बाको दरबन्दीमा एक जनामात्रै छन् भने तीन खरिदारको दरबन्दीमा दुई र दरबन्दीका  दुई कम्प्युटर अपरेटरले करारमा काम गरिरहेका छन् ।

यसअघि दुई प्रशासकीय अधिकृतमध्ये एक दिपेश रिजालको गत २०७९ माघ ४ गते र मीनराज आचार्यको यही जेठ १ गते सरुवा भएको थियो । असार २४ गते गृह मन्त्रालयले प्रशासकीय अधिकृत रामप्रसाद शर्मा र यादव भण्डारीलाई  उक्त कार्यालयमा सरुवा गरेकामा दुवैजना  सरुवा भएको महिनौँ पुग्दासमेत हाजिर हुन आएका छैनन् । कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

यस जिल्लामा प्रमुख जिल्ला अधिकारी सहसचिवको दरबन्दी हो । हालका प्रमुख जिल्ला अधिकारी शिवराम न्यौपानेको तीन महिना नपुग्दै गृह मन्त्रालय सरुवा भएपछि  मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेलले गत साउन ३१ गतेदेखि प्रजिअको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १२ : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका