‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने  « Khabarhub

‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने 


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ लोकगायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी सांगीतिक साँझ’ आयोजना हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते सांगीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले सांगीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्रष्टाको सम्मानका लागि भदौ १५ गते दिउँसो १ देखि बेलुकी ७ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा सांगीतिक साँझ आयोजना गर्न लागिएको बताइन्।

उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीत प्रस्तुत गर्ने जनाइएको छ । उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवका रूपमा चित्रण गरेको छ । रायमाझी लोकगीत, संगीत, संस्कृतिको निरन्तर साधक हुन् । रायमाझीले आफ्नो सांगीतिक यात्रा भने विसं २०४२ सालदेखि सुरु गरेका हुन् । उनले त्यति बेला कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्राको सुरुवात गरेका हुन् ।

उनका फुल्बुट्टे चोलीमा, राम्दी पुल तरने बित्तिकै, राम्दी पुल तर्ने, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाईलगायत सयौँ गीत सबैका मन मुटुमा बसेका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  २ : ४९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका