गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र बनाइँदै « Khabarhub

गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र बनाइँदै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशका १३ वटै जिल्लाका गाईभैँसीलाई खोप लगाउने अभियान तीव्र पारिएको छ । 

प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने दोलखामा दुई सय ८४ मात्रा खोप लगाइएको बताएको छ । भक्तपुरमा नौ सय २१ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६, धादिङमा तीन हजार छ सय १० पशुमा खोप लगाइएको छ । 

त्यसैगरी सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ र रसुवामा एक हजार एक सय ८८ पशुमा  लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । 

कृषि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार एक लाख १० हजार चार सय ४० पशुमा यो रोगको सङ्क्रमण देखापरेको र छ हजार दुई सय ९१ पशुको मृत्यु भएको बताइएको छ ।

प्रदेशका आठ भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमार्फत खोप लगाउने खोपकर्ता नियुक्त गरेर कूल एक सय ४६ खोपकर्तालाई १३ वटै जिल्लाका लम्पी स्किन प्रभावित स्थानीय तहका पशुमा खोप लगाउनका लागि परिचालन गरिएको मन्त्रालयले जनाएको छ । यो अभियानअन्तर्गत ५० हजार पशुमा खोप लगाउने मन्त्रालयको लक्ष्य लिएकामा बर्सातका कारण केही जिल्लामा लक्ष्यअनुसार खोप लगाउन नसकिएको जनाइएको छ ।

सप्ताहव्यापी खोप अभियानमा ४० हजार बढी पशुमा खोप लगाइएसँगै कूल खोप लगाइएको पशुको सङ्ख्या डेढ लाखभन्दा बढी गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्यांक छ । प्रदेशमा प्रकोपका रुपमा देखापरेको लम्पी स्किन मकवानपुरमा नियन्त्रणमा आइरहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा पहिलो पटक मकवानपुरमा देखिएको उक्त सङ्क्रमण मकवानपुरबाट नै नियन्त्रणका क्रममा रहेको हो ।

मन्त्रालयका सचिव डा शरणकुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेशले पहिलो पटक सरकारी निकायबाट खोप उपलब्ध गराएको जानकारी दिए। उनका अनुसार मन्त्रालयबाट मोबाइल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाएकाले  किसानले फोन गर्दा मोबाइल एम्बुलेन्सबाट प्राविधिक सहयोगमा घरघरमा पुर्‍याउने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको छ । हाल सङ्क्रमण दर घट्दै गइरहेको उनको भनाइ छ । 

प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमण मकवानपुरमा नै कम हुँदै गएको बताइएको छ । उक्त सङ्क्रमणका कारण साउन अन्तिमसम्म जिल्लामा १३ हजार नौ सय ९१ पशु प्रभावित भएकामा पाँच सय पशु मरिसकेका छन् । गर्मीयाम सुरु भएलगत्तै पशुमा प्रकोपका रुपमा रहेको लम्पी स्किन रोग गत पुसबाट फैलिएको मकवानपुरका विज्ञ केन्द्र प्रमुख चिकित्सक बज्रकिशोर ठाकुरले बताए।

उनका अनुसार रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराइएको सात हजार मात्रामध्ये तीन हजार नौ सय २५ मात्रा खोप लगाइसकिएको छ । विज्ञ केन्द्र मकवानपुरबाट स्थानीय तहलाई छ हजार एक सय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयबाट एक हजार डोज प्राप्त भएको थियो । 

खोप लगाउनका लागि १८ जना भ्याक्सिनेटर नियुक्त गरेर सप्ताहव्यापी खोप अभियानपूर्व जिल्लामा २४ हजार छ सय छ पशुलाई खोप लगाइएको उनको भनाइ छ ।  

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ३ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका