८९ वर्षको उमेरमा बिजुलीप्रसादको मृत्यु « Khabarhub

८९ वर्षको उमेरमा बिजुलीप्रसादको मृत्यु


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ । यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो ।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताए ।

सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो । बिजुली प्रसाद नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो ।

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो । बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो । पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुनसक्ने सरमानको अनुमान छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ४ : १८ बजे

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला