अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण « Khabarhub

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण


५ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन ।

बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिइन् ।

साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ सम्पदामा क्षति पुगेको थियो । त्यसमध्ये ४२ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ ।

हाल ११ सम्पदा पुनःनिर्माण हुन बाँकी छ । २२ वटा सम्पदा पुनःनिर्माणमा भने अझै केही हुन नसकेको हो । हनुमानढोका दरबार क्षेत्रमा ९५ सम्पदा रहेका छन् ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ६ : ५९ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको