दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रियसभामा एमालेको अवरोध कायमै, बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित, शीर्ष नेताहरूको बैठक बुधबार पुनः बस्ने, एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने, राष्ट्रपति पौडेलबाट प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ, प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थानलगायतका समाचारले प्रमुख स्थान पाए ।

शीर्ष नेताहरुको बैठक बुधबार पुनः बस्ने

सुन तस्करीको छानबिनमा उच्चस्तरीय समिति गठनका लागि कार्यदलले तयार गरेको दस्तावेजलाई अन्तिम रुप दिन शीर्ष नेताहरुको बैठक बुधबारमात्रै बस्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा अस्वस्थताको कारणले गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बुधबार बिहान ११ बजे बैठक बस्ने नेताहरुले जनाएका छन् ।

राष्ट्रपति पौडेलबाट प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

चीनसँग पनि विद्युत व्यापारको कुरा हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन ।

भरतपुर २२० र १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर– बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

बालुवाटार जग्गा प्रकरण : सीआईबीले बुझायो रायसहितको अनुसन्धान प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

मंगलबार सीआईबीले उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।

ओली र अमेरिकी राजदूतबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

आज बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

राप्रपा अध्यक्ष लिङदेन साउदी अरब प्रस्थान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन ।

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।

एमसीसी सम्झौता भदौ १३ गतेदेखि लागू हुने

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता कम्प्याक्टको पूर्ण रूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ ।

नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस

नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ ।

पार्टीको आन्तरिक विशेष अभियान सम्पन्न भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीमा भित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथिल भएको महसुस गर्न थालेको पाइएको जनाएको हो ।

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।

सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, भदौ १० गते पुनः बस्नेगरी बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरण र यसको छानबिनका लागि उच्चस्तरीय समितिको विषयलाई लिएर एमालेले अवरोध गरेको हो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ०२ बजे

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको

सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ : ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति