कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकबारे संसदीय दलको बैठकमा थप छलफल गर्ने « Khabarhub

कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकबारे संसदीय दलको बैठकमा थप छलफल गर्ने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको बैठकमा थप छलफल गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकमा छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनले लगातार सदन अवरुद्ध हुँदा त्यसको असर विधेयक अघि बढाउने कुरामा परेको बताए । लेखकले संसद बैठकमा नियमित आउन र अन्तिमसम्म बस्न सांसदहरुलाई आग्रह गरे ।

त्यस्तै, अन्य केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाइ प्रभावकारी बनाउनुपर्ने, भातृ संगठनलाई समावेशी बनाउनुपर्नेलगायतका धारणा राखेका थिए । शुक्रबार बैठकमा विभिन्न तीन वटा प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महासमिति बैठकका एजेण्डा, संगठनका काम कारवाही र शिक्षकहरुको बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको उनले बताए ।

केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको र केहि दिन निरन्तर चल्ने विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ०८ बजे

इरानमा बिस्तारै इन्टरनेट सेवा पुनः सञ्चालनमा आउँदै

पेरिस – करिब १० दिनअघि अकस्मात इन्टरनेट र अन्य सञ्चार

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर