कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकबारे संसदीय दलको बैठकमा थप छलफल गर्ने « Khabarhub

कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकबारे संसदीय दलको बैठकमा थप छलफल गर्ने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको बैठकमा थप छलफल गर्ने भएको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकमा छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनले लगातार सदन अवरुद्ध हुँदा त्यसको असर विधेयक अघि बढाउने कुरामा परेको बताए । लेखकले संसद बैठकमा नियमित आउन र अन्तिमसम्म बस्न सांसदहरुलाई आग्रह गरे ।

त्यस्तै, अन्य केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाइ प्रभावकारी बनाउनुपर्ने, भातृ संगठनलाई समावेशी बनाउनुपर्नेलगायतका धारणा राखेका थिए । शुक्रबार बैठकमा विभिन्न तीन वटा प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । महासमिति बैठकका एजेण्डा, संगठनका काम कारवाही र शिक्षकहरुको बिषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको उनले बताए ।

केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको र केहि दिन निरन्तर चल्ने विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ०८ बजे

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको