एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत « Khabarhub

एडीबीद्वारा नेपाललाई दिने १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण स्वीकृत


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो ।

स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि एडीबीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

‘एडीबीको कार्यक्रमबाट पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै लैङ्गिक एवम् जलवायुसम्बन्धी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापनसम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले भने ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ५० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस