पाकिस्तानमा पुनः देखियो पोलियो सङ्क्रमण « Khabarhub

पाकिस्तानमा पुनः देखियो पोलियो सङ्क्रमण


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानमा पुनः पोलियोको सङ्क्रमण फेला परेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले पूर्वी पञ्जाब प्रान्तको राजधानी लाहोरमा पोलियाको सङ्क्रमण फेला परेको जानकारी दिएको हो ।

यससँगै लाहोरमा यस वर्ष देखिएको यो चौथो पोलियो सङ्क्रमण हो । लाहोरमा फेला परेका चारमध्ये पोलियोको तीन केसको अणुवाशिंक परीक्षण गर्दा यस सङ्क्रमण अफगानिस्तानमा फेला परेको भाइरससँग मेल खाएको मन्त्रालयको भनाइ छ ।

यस वर्षमात्रै पोलियोका कारण मुलुकका दुई बालबालिकामा पक्षघात भएको पाकिस्तानी स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । दुबै बालबालिका खैबर पख्तुनख्वा प्रान्तको बान्नु जिल्लाका रहेको जनाइएको छ ।

पछिल्लो समय पाकिस्तानले पोलियो उन्मूलनका लागि व्यापक खोप अभियान सञ्चालन गरिरहेको भएपनि अपेक्षित सफलता हासिल हुन नसकेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको