भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी « Khabarhub

भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी अघि बढेको छ । मुलुकको पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी सुदृढ गर्नका लागि भारत सरकारले अघि सारेको परियोजनाअनुसार अन्तरदेशीय रेलमार्गको तयारी गरिएको हो ।

यसका लागि भारत सरकारले १२ अर्ब भारु लगानी गरेको भुटान लाइभले जनाएको छ । अन्तरदेशीय रेलमार्गले भुटानको सार्पाङमा रहेको गेलेफु र भारतको आसाम राज्यमा रहेको कोक्राझारलाई जोड्ने जनाइएको छ ।

५७.५ किलोमिटर लम्बाईको रेलमार्गको निर्माण सन् २०२६ सम्म सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे भुटान सरकारसँग थप छलफल भइरहेको जानकारी दिएका थिए ।

यस रेलमार्गको निर्माण भएको खण्डमा भुटानको पर्यटन र वाणिज्य क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । रेलमार्गको निर्माण सम्पन्न भए यसले भुटानको दक्षिणी क्षेत्रमा थप रेलमार्ग विस्तारका लागि बाटो खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : १९ बजे

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप