भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी « Khabarhub

भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारत र भुटानबीच अन्तरदेशीय रेलमार्ग निर्माणको तयारी अघि बढेको छ । मुलुकको पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी सुदृढ गर्नका लागि भारत सरकारले अघि सारेको परियोजनाअनुसार अन्तरदेशीय रेलमार्गको तयारी गरिएको हो ।

यसका लागि भारत सरकारले १२ अर्ब भारु लगानी गरेको भुटान लाइभले जनाएको छ । अन्तरदेशीय रेलमार्गले भुटानको सार्पाङमा रहेको गेलेफु र भारतको आसाम राज्यमा रहेको कोक्राझारलाई जोड्ने जनाइएको छ ।

५७.५ किलोमिटर लम्बाईको रेलमार्गको निर्माण सन् २०२६ सम्म सम्पन्न भइसक्ने अपेक्षा गरिएको छ । केही समयअघि भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे भुटान सरकारसँग थप छलफल भइरहेको जानकारी दिएका थिए ।

यस रेलमार्गको निर्माण भएको खण्डमा भुटानको पर्यटन र वाणिज्य क्षेत्रलाई टेवा पुग्ने अपेक्षा गरिएको छ । रेलमार्गको निर्माण सम्पन्न भए यसले भुटानको दक्षिणी क्षेत्रमा थप रेलमार्ग विस्तारका लागि बाटो खुल्ने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : १९ बजे

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३