उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना « Khabarhub

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

अहिले देशका केही पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा मौसम सफा रहने विभागको अनुमान छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

विभागले आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : ४५ बजे

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र