इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै | Khabarhub Khabarhub

इजरायलमा मारिएका १० मध्ये चार नेपालीको शव आज नेपाल आइपुग्दै


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव आज नेपाल आइपुग्दैछ । 

इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान मार्फत दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै अर्को उडानमार्फत काठमाडौँसम्म शव ल्याउने व्यवस्था मिलाइएको छ।

शव बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाइएको छ । परराष्ट्रमन्त्रालयका अनुसार शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत विमानस्थलमा पुग्ने छन् ।

आज ल्याइने शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको रहेको इजरायलस्थित नेपाली दूतावासले उल्लेख गरेको छ । अन्य नेपालीको शवको पहिचानको काम भइरहेको जनाइएको छ । यस्तै, सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्य जारी रहेको बताइएको छ । 

यही अक्टोबर ७ का दिन दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएको थियो । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : ०२ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’