मोटर स्पोर्ट्समा सशक्त महिला | Khabarhub Khabarhub

मोटर स्पोर्ट्समा सशक्त महिला


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

जब क्लोय चोङ बाल्यकालमा फर्किन चाहन्छिन् तब उनलाई उदेक र अचम्म लाग्छ। ६ वर्षको उमेरमा देखेको त्यो सपना पुरा हुने उनको अपेक्षा नै थिएन।

यसै साताको अन्त्यमा १६ वर्षीया उनी अमेरिकाको ग्रान्डप्रिक्समा सहभागी हुँदै छिन्। उनी एफ १ एकेडेमीको स्पोर्ट रेसको प्रतिनिधित्व गर्दै छिन्।

एफ १ एकेडेमीले यसै वर्ष महिला ड्राइभरका लागि सुरुवाती प्रशिक्षण तथा सहभागिताको समेत व्यवस्था मिलाएको हो।

५ टोली बनाएर अहिले १५ महिलाले सहभागिता जनाएका छन्। पहिलो रेस अष्ट्रेलियामा अप्रिलमा भएको थियो। यस सिजनको फाइनल रेसमा चोङको साथमा हुने छन्, स्टार ड्राइभर लुइस हेमिल्टन। ‘हेमील्टनले धेरैलाई राम्रोसँग चलाउन र कुदाउन प्रेरित गरेका छन्। म पनि उनीबाट नै प्रेरित हुने छु,’ उनले भनिन्।

यी बेलायती ड्राइभरसँगको पहिले कनेक्सनका लागि संयोग मात्र भने पक्कै होइन। ‘एकै स्थानबाट सुरु गर्न नै धेरै उत्साह र प्रेरणाको विषय हो’, चोङले भनिन्।

उनले बैकमोर्ट पार्क सक्र्युटबाट रेसको सुरुवात गर्दै छिन्। त्यसै स्थानमा तीव्र रूपमा तयारी पनि गरीरहेकी छिन्। हेमिल्टनको सो खेलमा महिलालाई सहभागी गराउन मात्र महत्त्वपूर्ण भूमिका छैन। आदिवासी समुदायलाई सहभागी गराउने योजना पनि छ।

चोङलाई अहिले ट्र्याकमा उत्रन लागेको समयमा विगतमा धेरै कुरा स्मरणमा आइरहेका छन्। ‘यो स्थान मलाई धेरै हदसम्म आफ्नै घर जस्तो लाग्छ। तर, धेरै कुरामा घर भन्दा पनि विशेष लाग्छ। किनकी यहीँबाट मैले धेरै ड्राइभरसँग सम्पर्क गर्न सकेँ। उनीहरूको बारे थाहा पाएँ। यसै बारेमा सिकेँ पनि। उनले अहिले यस वातावरणमा आफूलाई एकदमै रमाइलो लागिरहेको समेत बताएकी छिन्। उनी यसै सक्र्युटमा पाँच वर्षको उमेरमा पनि उपस्थित भएकी थिइन्।

उनले सुरुवातमा वीग वानमा नै सहभागिता जनाउने सोच बनाएकी थिइन्। तथापि उनका बाबुले यसमा धेरै मेहनतको आवश्यकता पर्ने ठहर गर्दै कार्टिङबाट सुरु गर्ने सल्लाह दिएका थिए।

हेमिल्टनले यसै स्थानबाट रेसिङको सुरुवात गर्ने भएका कारण धेरैका लागि कार्टिङ उपयुक्त पनि हुनसक्छ। आफ्नै मनको नायकले नै सुरुवात गरेको स्थानमा सुरुवात गर्न पाउँदा त्यो आफ्ना लागि साँच्चै महत्त्वपूर्ण भएको उनले बताइन्।

उनले आफ्ना अभिभावकको रुचिबाहेक नै यस खेलमा आबद्ध भएको कुरा स्वीकार गरेकी छिन्। ‘मेरा अभिभावकको यस खेलमा कुनै रुचि नै थिएन। परन्तु, मैले टेलिभिजनमा एफ वान हेरी रहेँ र यस क्षेत्रमा आफूलाई समाहित गरेँ,’ उनले अगाडि भनिन्।

यो त्यो स्थान हो, जहाँ अन्य सफल बेलायती ड्राइभर लान्डो नोरिस र जेन्सन बटमले पनि सफलता पाएका थिए। उनीहरूले पनि सुरुवाती दिनमा यसै स्थानमा ड्राइभिङ गर्ने गरेका थिए।
कार्टिङको यस ट्रायक धेरै कुरा सिक्न र महसुस गर्न पर्याप्त रहेको उनको अनुभव छ। उनकै विचारमा ओभरटेक गर्ने लय पनि त्यसै स्थानबाट सुरु भएको हो। तथापि कार र कार्टिङमा धेरै कुराको भिन्नता भएको उनको अनुभव छ। यो भिन्नतालाई सहजै व्यक्त गर्न समेत कठिन हुने उनी बताउँछिन्।

एक खाले कुदाइबाट अर्को किसिमको कुदाइमा प्रवेश गर्नका लागि इन्जिनियर र अन्य टिमका साथीहरूसँग सहकार्य जरुरी भएको उनी बताउँछिन्। उनले आफूलाई विस्तारै कार्टिङबाट कार रेसका लागि तयार गर्नका लागि धेरै कुराको परिवर्तन र मानसिक सुदृढता आवश्यक रहेको बताएकी छन्।

उनको १६ वर्षे उमेर बेलायतमा कानुनी रूपमा कार चलाउनका लागि नै अयोग्य हो। यसका बाबजुद उनले यस वर्ष एफ १ एकेडेमीमा एक सय ५० किलोमिटर प्रतिघण्टाको दरले कार चलाएकी थिइन्।

उनले यसरी युवा अवस्थामा नै कार चलाउँदा गरेको समयमा आफूलाई पूर्ण रूपमा फिट भएको महसुस गरेकी थिइन्। धेरै जनाले युवा ड्राइभरप्रति रुचि भए पनि ६ या सात वर्षको कार चलाएको अनुभव हुनेलाई हराउन कठिन हुने उनको मत छ। उनले त्यो अनुभवलाई सम्मान गर्दै चुनौती स्वीकार गर्नु पर्ने कुरामा जोड दिएकी छिन्।

यो सिजनको उनको अनुभव अबका सबै रेस पुरा गर्ने छ। पहिलो रेसमा छैटौँ स्थान हात पार्ने उनको मुख्य लक्ष्य हो। उनको यस सिजन उपलब्धि मूलक रूपमा अन्त्य गर्ने चाहना छ। यसका लागि आफू पूर्ण लयमा रहेको कुरामा त्यत्तिकै आत्मविश्वास पनि छ।

यसै साता टेक्ससमा हुने रेस एफ १ एकेडेमीका लागि सहयोगी रेस हो। तर यसले धेरै कुरामा परिवर्तन गर्ने अपेक्षा गरिएको छ। अहिले जुनियर तहमा स्पर्धा गरी रहेका महिला ड्राइभरहरूलाई अर्को वर्ष ग्रान्डप्रिक्सका सहभागिताको अवसर पनि मिल्न सक्ने छ।

एफ १ टोलीहरू एफ १ रेसमा लागि हरेकमा एक जना ड्राइभर सोही एकेडेमीबाट रोज्नका लागि लालयीत छन्। म्याकलारेन, मर्सीडीज र विलियम्सको रोजाइको चोङ परेकी हुन्।
उनी यी टोलीको सो कदम मोटर स्पोर्ट्समा आउन चाहने महिलाका लागि महत्त्वपूर्ण उत्साहको काम भएको बताउँछिन्। उनी अबको समय केही सिक्ने र आफूलाई नयाँ ढङ्गले परिमार्जित गर्ने भएको समेत बताउँछिन्।

अहिलेसम्म भएका उपलब्धि र सफलतालाई महत्त्वपूर्ण ठान्दै आगामी बाटोमा तल्लीन हुने उनको योजना छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ५८ बजे

हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ का परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज– वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ ।

जनकपुरको अन्तर्राष्ट्रिय रंगशाला १७ वर्षदेखि अलपत्र, जग्गा सम्झौता भंगपछि स्थानीय निरास

जनकपुरधाम– जनकपुरमा निर्माणाधीन रहेको श्री रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला चितवनको

लगानी सम्मेलनमा किन गएनन् एमाले अध्यक्ष ओली?

काठमाडौं- आइतबारदेखि सुरू भएको तेस्रो लगानी सम्मेलन उद्घाटन सत्रमा प्रमुख

बझाङ उपनिर्वाचन : छबिसपाथिभेराको वडा १ बाट मत गन्न थालियो

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु भएको छ । मुख्य

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान 

काठमाडौं – प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय