टाइगर श्रौफको गणपत रिलिज  | Khabarhub Khabarhub

टाइगर श्रौफको गणपत रिलिज 


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाइगर श्रौफको गणपत भर्खरै रिलिज भएको छ । तर यो फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । यो फिल्ममा उनी फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्‍याउन सकेको छैन । 

गणपतले पहिलो दिनमा २ करोड ५० लाख भारुको मात्रै कारोबार गरेको छ । शुक्रबार फिल्मको हिन्दी भर्जनको कुल अकुपेन्सी ९ दशमलव ७२ प्रतिशत मात्रै थियो । यो टाइगरको अहिलेसम्मकै कम ओपनिङ भएको फिल्म हो । 

यस अघि रिलिज भएको हिरोपन्थी–२ को पहिलो दिनको कमाई ६ अर्ब ५० करोड भारु थियो । बागी ३ को कमाई भने १७ करोड भारु थियो । टाइगरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनर वार हो । 

ऋतिक रोशनको समेत भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ५३ करोड ३५ लाख भारु कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं