दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन , मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण,  धादिङमा भूकम्पका कारण २० घर भत्किए, नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान , उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन, खपत कम हुँदा दूध किसानले पाएनन्, भुक्तानी इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो, सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान, बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्नलगायतका समाचारले प्रमुख स्थान पाए ।

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठको दर्शन
बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपीठमा दर्शनका क्रममा उहाँकी धर्मपत्नी प्रथम महिला सविता पौडेल पनि सहभागी थिए ।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे।

मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भइ इजरायलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल आएका हुन् । बडादसैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलाञ्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

धादिङमा भूकम्पका कारण २० घर भत्किए
आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।

नेपाल एयरलाइन्सद्वारा तीन जहाज खरिदका लागि बोलपत्र आह्वान
नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

निगमले आज एक सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्माता कम्पनीहरूसँग प्रस्तावको आह्वान गरेको हो ।

उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नतिसंगै उद्घाटन
उदयपुर जिल्लाको ऐतिहासिक एवम् पुरातात्विक महत्तो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति भएसँगै उद्घाटन गरिएको छ । जिल्ला सदरमुकाम गाईघाटबाट करिव ३८ किलोमिटर पश्चिमा समुद्र सतहदेखि झण्डै १ हजार १६० मिटरको उचाइमा १५ रोपनि क्षेत्रफलमा फैलिएको ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएपछि गढीले पुरानो आकार लिएको छ ।

दशैँमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैँमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दशैँका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ ।

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी
खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरूले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए । दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दूध निरन्तर खरिद गरी पाउडर दूध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ ।

आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महङ्गो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए ।

इजरायलमा मारिएका चारजना नेपालीको शव नेपाल ल्याइयो
इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ ।

आज बिहान साढे ८ बजे फ्लाइ दुबईमार्फत चार नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।

सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान
दशैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन् ।

दशैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ । नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो ।

दसैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी
जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।

थारु बस्तीमा सखिया नाचको रौनक
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्छन् ।

बैतडीको प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती जात्रा सम्पन्न भएको छ । महासप्तमीदेखि सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए ।

त्रिकोणात्मक टी-२० : युएईद्वारा हङकङ पराजित
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स ९यूएई०ले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ९ : ०० बजे

युक्रेन संकटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ

काठमाडौं– युक्रेन संकटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी

१६ औँ योजना : ७.३ प्रतिशत आर्थिक बृद्धिदरको लक्ष्य, उत्पादन र रोजगारीलाई प्राथमिकता

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८५/८६ सम्म मुलुकको आर्थिक बृद्धिदर ७

विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

काठमाडौं– टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन

किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा 

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण

एकीकृत समाजवादी केन्द्रीय समिति बैठक : प्रतिवेदनमाथि १२ समूहमा छलफल जारी

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको