रक्षा साझेदारीलाई थप सुदृढ गर्ने भारत र इटालीको सहमति | Khabarhub Khabarhub

रक्षा साझेदारीलाई थप सुदृढ गर्ने भारत र इटालीको सहमति


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत र इटालीबीच रक्षा क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्ने सहमति भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इटालियन समकक्षी गुइदो कोसेट्टोबीच रक्षा सहकार्यलाई सुदृढ गर्ने विषयमा सहमति भएको हो ।

दुई मन्त्रीहरुबीच रक्षा सहकार्य र साझेदारीलाई थप सुदृढ गर्ने विषयमा सहमति भएको भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुई मन्त्रीबीच भएको छलफलमा रक्षा साझेदारी, प्रशिक्षण कार्यक्रम, सूचना आदान प्रदान, संयुक्त नौसैनिक अभ्यासजस्ता क्षेत्रमा हातेमालो गर्ने सहमति बनेको छ । त्यसबाहेक दुई मन्त्रीबीच रक्षा उद्योगका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि सहमति बनेको छ ।

मन्त्रीहरुबीच दुई मुलुकबीच द्विपक्षीय सहकार्य, सुरक्षा एवम् रक्षा नीति, शोध एवम् विकास साझेदारी, सैन्य शिक्षाजस्ता क्षेत्रमा पनि सहकार्य गर्न सहमति जुटेको छ ।

स्रोत: एएनआई

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ५६ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ