राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार « Khabarhub

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नयाँ मतभार


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका मतदाताका लागि नयाँ मतभार कायम भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट आज निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचन मण्डलको मतभारको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : १९ बजे

आज निर्जला एकादशी, वैदिक सनातन धर्मावलम्बीले घरका मठमा तुलसीको दल राख्दै

काठमाडौँ– वैदिक सनातन धर्मावलम्बीले आज आआफ्नो घरको मठमा तुलसीको दल

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह